Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


इलाममा अनुदानको मल बेच्नेलाई दुई लाख जरिवाना


4.6k
Shares

इलाम । इलाममा सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने रासायनिक मल बेच्ने कृषि बीज भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सदरमुकामको मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिवाना गरिएको हो ।

गत बुधबार बजार अनुगमन गर्ने क्रममा उक्त कृषि बिज भण्डारमा अनुदानको रासायनिक मल बिक्री अनुमति बेगर नै बिक्री गरेको पाइएपछि प्रशासनले मल गोदाम नै शिल गरेको थियो भने तीन दिनभित्रमा कागजात बुझाउन समय दिएको थियो ।

म्याद सकिँदासम्म पसलले मलको आधिकारिकता बारे कुनै प्रमाण दिन नसकेपछि आइतबार जरिवाना सहित गोदाममा राखिएको मल जफत गरिएको छ । पराजुलीको पसलमा अनुगमन गर्दा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो ।