Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी

मन्त्री किरातीको तीव्र दबाबले कुलपति शर्मा अन्योलमा

22.6k
Shares

काठमाडौं । बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ।

सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरूले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ।

मन्त्री किरातीको चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भएको मन्त्रालय स्रोतको दाबी छ।

यो जग्गा काठमाडौंको व्यस्त स्थान नक्सालमा छ। १५ रोपनी जग्गा बजारमूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने मन्त्री किरातीको तयारी रहेको जनाइएको छ।

स्रोतका अनुसार मन्त्री किराती र पर्यटन मन्त्रालयका अधिकारीहरूको प्रस्तावप्रति नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति पोखरेलले असन्तुष्टि जनाएकी छन्। उक्त जग्गा निजी क्षेत्रलाई दिए ललिता निवास प्रकरणमा जस्तै भविष्यमा आफू विवादमा पर्न सकिन्छ भन्ने डर पोखरेललाई छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।