१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव


468
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीसंगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको जनमत पार्टीका नेताहरुले बताएका छन् ।