Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नेतालाई रमाइलो, किसानलाई पिरलो

असार १५ : धान दिवस

2.9k
Shares

काठमाडौं । चितवनमा शुक्रवार शीर्ष नेताहरु धान रोप्न व्यस्त रहेँ।

बिहानदेखि नै शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। प्राथमिकतामै राखेर पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने चितवन आएका थिए। बाजागाजा सहित उनीहरु रोपाइँमा व्यस्त रहे।

हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि सँगै रोपाइँ गरिरहेका अन्य किसान भने चिन्तित देखिन्थे। सिँचाइ नहुँदा उनीहरु चिन्तित देखिएका हुन्।

भरतपुर महानगरपालिका २५ स्थित अमृत नगरका होमनाथ बास्तोला पानी नभएर खेत रोप्न पाएका छैनन्। ‘बीउ रोप्ने भइसकेको छ। घोलमा पानी छैन,’ उनले विगत सम्झँदै भने, ‘यतिखेर घोल बढेर खेतसम्म नै आउँथ्यो। अहिले कमिला हिँडेका छन्।’ खडेरीका कारण सधैँ पानी बग्ने घोलमा पानी सुकेको उनले बताए। ‘भिमनगरमा असार १५ मनाउन एक विगा जमिनमा भूमिगत बोरिङ प्रयोग गरेर रोपाइँ गरिएको थियो। अघिल्ला वर्ष घोलहरु बढेर पानी हुतहुत्तै बढ्थ्यो,’ बाबुराम भट्टराईसँगै धान रोपाइँमा व्यस्त रहेका बास्तोलाले भने ‘यो खेत पनि भूमिगत सिँचाइ मार्फत मुस्किलले हिलो बनाएको हो।’

पश्चिम चितवनका अधिकांश स्थानमा सिँचाईको समस्या छ। घोल क्षेत्रमा पनि अहिलेको खडेरीका कारण पानी सुक्दै गएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।