Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


रुसमा सैन्य विद्रोह असफल, निजी सैन्य समूह वाग्नर पछि हट्यो


4.2k
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश गृहयुद्धमा जान लागेको भन्दै वाग्नर समूहलाई दबाउने बताए पनि कति बेला के हुने हो भन्ने अन्यौलका बीच बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोको मध्यस्थतामा वाग्नर समूह पछि हटेपछि सैन्य विद्रोह असफल भएको हो ।

त्यसपछि वाग्नर समूहका प्रमुख प्रिगोझिनले आफ्ना सैनिकलाई क्याम्पमा फर्किन आदेश दिनुभएको छ । वाग्नर समूहले रोस्तोब र लिपेत्सेक शहरमा भने अहिले पनि कब्जा जमाईरहेको छ ।

लिपेत्सेक शहर मस्कोबाट तीन सय किलोमिटर टाढा छ । वाग्नर प्रमुखमाथि रुसले लगाएका सवै आरोपहरु फिर्ता लिने र उनलाई बेलारुसमा बस्न दिने सहमति भएको बताइएको छ । यद्यपी प्रिगोझिन अहिले पनि मस्कोभित्रै रहेका छन् ।

रुसको शासनमा २२ बर्षदेखि एकछत्र रहँदै आएका पुटिनले पहिलो पटक ठूलो खतराको सामना गर्नुपरेको छ । बख्तरबन्द गाडीसहित वाग्नर सेना अघि बढेपछि रुसी राजधानी मस्कोमा संकटकाल लगाईएको थियो भने रेड स्क्वायरलगायतका स्थानमा सेना तैनाथ गरिएको थियो ।

युक्रेनको बाख्मत शहर कब्जा गर्न झण्डै नौ महिना लडेको वाग्नर समूह पछिल्लो समय पुटिनको ब्यवहारबाट चिढिएको थियो ।