Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नको जवाफ दिंदै


195
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ ।

बैठक आज (शुक्रबार) ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसैगरी आजको बैठकमा बिनियोजन बिधेयक २०८० अन्तर्गत बिभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।

संसद सचिवालयका अनुसार जसमा गृह मन्त्रालय,संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुनेछ । त्यसै गरी आजकै बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।