Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


द्वन्द्वमा बलात्कृत महिलाको प्रश्न-कहाँ छ राज्य ?


520
Shares

काठमाडौं । ‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ ? ’

यो गम्भीर प्रश्न बोकेर द्वन्द्वपीडित महिलाहरू यतिबेला विभिन्न निकायमा धाइरहेका छन्। यी र यस्तै प्रकृतिका मुद्दामा सत्य निरूपण आयोगको ध्यान जानुपर्ने माग उनीहरूले गर्दै आएका छन्।

यसै सिलसिलामा द्वन्द्वमा बलात्कृत महिलाहरूको राष्ट्रिय संगठनकी केन्द्रीय संयोजक देवी खड्काले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराएकी छन्।

यो मुद्दा उठाउन थालेको देशभरिका पीडित महिलासँग काठमाडौंमा २०७८ चैत १४ र १५ मा भेला गरेपछि हो। भेलाका निष्कर्ष सुनाउने बेला प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका नेता पुष्पकमल दाहाल थिए।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म ‘दीर्घकालीन जनयुद्ध’ छेड्दा बलात्कृत भएका महिलाका मुद्दा कतै उठेका थिएनन्।

द्वन्द्वका बेला बलात्कृत महिलाका समस्या सत्तापक्षकै नेता बनेर दाहाल र देउवाले सुन्दासमेत आँखामा आँसु टिलपिल पारेको चैत १६ गते आयोजित पत्रकार सम्मेलनमा खड्काले जानकारी दिएकी थिइन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।