Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


वार्षिक ५ हजारलाई रोजगारी, सबै वडामा सुलभ फार्मेसी


3.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा ५ हजार जनालाई रोजगारी दिनेगरी नीति तथा योजना सार्वजनिक गरेको छ ।

हिजो बुधबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साहले ३२ वटै वडामा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी र वार्षिक एक लाख वृक्षरोपण गर्नेलगायतका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ ।

सांस्कृतिक शहर र समृद्ध महानगरको दीर्घकालीन सोच रहेको जिकिर गर्दै मेयर साहले सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदीनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

१९ पेज लामो नीति तथा कार्यक्रममा महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरुवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्ने, काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री शहर बनाई पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।