२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


ताप्लेजुङ पहिरोमा एक जना बेपत्ता, दुई जना घाइते


377
Shares

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।

पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन । पहिरोमा परी केशरबहाुदरका छोरा सुरेश र राजकुमार राई घाइते भएका छन् ।

मेहेलेमै शनिबार राती गएको पहिरोमा परि चार जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन् । सो स्थानका अन्य वासिन्दा आफ्नो घर छाडेर अन्यत्र सरेका छन् ।

त्यस क्षेत्रमा शनिबार रातीदेखि परेको वर्षा अझै रोकिएको छैन । मेहेलेमा ६ वटा घर पहिरोले बगाएको छ ।