Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा


9.5k
Shares

काठमाडौं । काठमाडौंमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ।

अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।

समितिका तत्कालीन सदस्य सचिव एवं बागमती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि यस्तो व्यवस्था मिलाइएको हो।

यसैकारण कार्यरत ५६ जना ज्यालादारी तथा १ सय १० जना करारका कर्मचारीलाई हाजिर गर्न दिनदिनै कार्यालयमा जानुपर्दैन। उनीहरूले आफू फिल्डमा गएको जानकारी मोबाइल एपबाट कार्यालयमा पठाएमा हाजिरी भएको मानिन्छ।

त्यहाँ स्थायी कर्मचारीको दरबन्दी २८ छ। अधिकांश कर्मचारी ज्यालादारी र करारमा छन्। उनीहरूको तलबसुविधा पनि घरमै पुग्छ। अर्थात् तलबभत्ताका लागि पनि उनीहरू कार्यालय जानुपर्दैन।

अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले उनीहरू सबैको तलब बैंकमा पठाइदिन्छ।

यो समाचार आजको नागरिक दैनिकमा मा प्रकाशित छ ।