२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


भारतमा समलिङीलाई बैध ठहर, अपराधीको श्रेणीबाट हटाइयो


0
Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले बषौंदेखि विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर गरेको छ ।

अपराधको श्रेणीमा राखेको समलैंगिकतालाई भारतको सर्वोच्च अदालतले अपराधीको श्रेणीबाट हटाई बैध ठहर गरेको हो ।

अदालतले आज फैसला सुनाउँदै समलिङ्गीलाई पनि आम नागरिकसरह बाँच्न पाउने अधिकार रहेको भन्दै बैध ठहर गरेको हो ।

सन् २०१३मा नयाँ दिल्लीको उच्च अदालतले समलैंगिकतालाई अबैध ठहर गरेपछि थुप्रै विद्यार्थीहरुले अदालतको फैसलाविरुद्व मुद्दा दायर गरेका थिए ।

यो निर्णयसंगै भारतका समलिङ्गीहरुमा खुशियाली छाएको छ ।

उनीहरुले अदालतको यस फैसलाको उच्च कदर गरेको जनाउँदै आफूहरुमाथि न्याय भएको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)