Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’


1.8k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्।

अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन्।

‘त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो। आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर, यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन। अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्‍यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन’, भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन्।

भण्डारीले नागरिकता विधेयक नयाँ सविधानअनुसार नआएको दाबी गरिन्। ‘नयाँ संविधानअनुसार ल्याउनुपर्‍यो नि त, पुरानो संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।