Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


समाजवादी मोर्चाबारे ओलीको टिप्पणी : लिभिङ टुगेदर चलेकै नेता हुन् किन डराउनु


637
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चाबारे फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको छ ।

उहाँले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताउनु भयो । अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरुलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर समेत गर्नुभयो ।

शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति इंकित गर्दै फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष ओलीलेआफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताउनु भयो ।