१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


नेपालले आज बंगलादेशसँग खेल्दै


2.236k
Shares

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशसँग खेल्दै छ ।

माल्दिभ्स र नेपालबीचको खेल नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । बंगलादेशले भने माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो ।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्स बास्केटबल संघले आयोजना गरेको प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ ।

जुन २२ तारिखसम्म हुने प्रतियोगिताका शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।