Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


‘धाम’लाई आस्थाले जोगाउँछ


429
Shares

काठमाडौं । नेपाली बृहत् शब्दकोशमा ‘धाम’ शब्दलाई अथ्र्याइएको छ– देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ, स्वर्ग, पुण्यस्थान, तीर्थ। जनकपुरधाम यस मानेमा अत्यन्त प्राचीन कालदेखि नै माथि उल्लिखित सबै विशेषता बोकेको ठाउँ हो।

वास्तवमा जनकपुरलाई जनकपुरधाम भनेर भनिँदै आइएको पनि हो। यस पंक्तिकारकै कृति ‘जनकपुरधाम र यस क्षेत्रका सांस्कृतिक सम्पदाहरू’ आजभन्दा साढे दुई दशकअगाडि (२०५६) मै प्रकाशित भएको हो।

यसमा सामेल गरिएका आलेखहरू तीन दशकअगाडिदेखि नै प्रकाशित हुँदै आएका हुन्। त्यस बेला धाम लेखाउने कुनै अभियान पनि थिएन। सामान्य जनजिब्रोमा यस्ता पवित्र नगरलाई धाम जोडेर भन्ने प्रचलन देखिन्छ। सरकारी रेकर्डमा धाम जोडेर राख्दैमा सामान्य बोलचालमा यसै भनिएला भन्न सकिँदैन। सामान्य बोलचालमा जनकपुर भन्ने चलन रहँदै आएको छ।

यसका लागि जनकपुरधामको गरिमा बनाइराख्न पुण्यस्थानका लागि केही सर्तहरू पूरा गर्नुपर्छ। त्यसमा पवित्र जानकी मन्दिर र राम मन्दिरको सेरोफेरोमा स्वच्छ र सफा वातावरणको निर्माण गर्नुपर्छ। जानकी मन्दिरको चारैतिरका क्षेत्रमा एउटा खास क्षेत्रफल निर्धारण गरी पूर्ण रूपमा सफा र प्रस्ट मन्दिर देखिने गरी वातावरण बनाउनुपर्छ।

यो समाचर आजको नागरिक दैनिकमा प्रकाशित छ ।