![](https://www.imagekhabar.com/wp-content/uploads/2023/06/A-divisoon.png)
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रले मनाङ मस्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।
मछिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई पराजित गर्यो । मछिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ति मगरले एक–एक गोल गरे । मनाङका विजया श्रेष्ठले एक गोल फर्काए ।
जितसँगै लिगको उपविजेता मछिन्द्रले सिजनको सुखद अन्त्य गरेको छ । मछिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो । मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ । मनाङले २६ खेलमा ३२ अंक जोड्यो ।
लिग अन्र्तगत आफ्नो अन्तिम खेलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा संकटा र एनआरटीले १–१ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ ।
एनआरटीले २७ खेलमा ३४ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्