Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


श्रमिकको तलब बढाउन गृहकार्य


7k
Shares

nepal

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राललयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ ।

श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा वृद्धि गर्ने तयारी गरेको हो ।

श्रमिकको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वत बढ्ने गरी स्वचालित ज्याला प्रणाली विकास गर्ने योजना रहेको मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए ।

‘रोजगारदाता, श्रमिक र सरकारी अधिकारीबीच सहमति भएपछि न्यूनतम पारिश्रमिक वृद्धि हुनेछ,’ पोखरेलले आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, कति वृद्धि गर्ने भन्ने बारे त्रिपक्षीय छलफल पछि तय हुनेछ ।’

२०७८ साउनयता श्रमिकको पारिश्रमिको वृद्धि नगरिएका कारण आगामी आवकमा जसरी पनि वृद्धि गनुपर्ने दबाब सरकारलाई छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।