
मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो । भोल्गोग्राद एरिनामा भएको खेलको ११ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिए ।
३५ औं मिनेटमा ट्युनिसयाले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई फेर्जानी सासीले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीसम्म पुग्यो ।
ईन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे ।
सन् २००६ को विश्वकप फुटबलपछि इङ्यान्डले कुनै पनि मुख्य प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको यो पहिलो अवसर हो ।
प्रतिक्रिया दिनुहोस्