
काठमाडौं । ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने भएको छ ।
नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गरेर वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
दुई दिने प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ १ सय ७० जना र महिलामा ९० जना गरी कुल २ सय ६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खुला समूहतर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताबाट आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेल अन्र्तगत पौडी विधामा खेलाडी छनोट समेत हुनेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी सेक्टेम्बर २३ देखि अक्टोवर ७ तारिक आयोजना हुने तालिका रहेको छ । प्रतियोगितामा नेपाली २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनोट गरिने संघले जनाएको छ ।
यस्तै, २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरु यसै प्रतियोगिताबाट मित्र राष्ट्र जापानको फुकुहवा शहरमा हुने च्याम्पियनसिपका लागि छनोट हुनेछन् । संघले खुलातर्फ उत्कृष्ट १/१ महिला तथा पुरुष खेलाडीहरुलाई जनही १०÷१० हजार हौसला स्वरुप पुरस्कार प्रदान गर्ने समेत जनाएको छ ।
त्यस्तै, सबै उमेर समूहका खेलाडीहरुलाई ३/३ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विराटनगर, वीरगञ्ज, नेपालञ्ज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउनेछन् ।
उमेर समूहको प्राप्त नतिजाको आधारमा उत्कृष्ट ३ विद्यालयलाई प्रथम, द्वितिय र तृतीयको रुपमा टिम च्याम्पियन ट्रफी प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्