४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


फेन्च लिग फुटबलको उपाधि पिएसजीलाई


754
Shares

काठमाडौं । यस वर्षको फ्रेन्च लिग फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

लिग वान अन्तर्गत शनिबार भएको खेलमा स्ट्रासवर्गसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले एघारौं लिग उपाधि सुरक्षित गरेको हो ।

यो खेलमा गोल गदै पिएसजीका अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सीले युरोपका शिर्ष पाँच लिगमा आफ्नो गोल संख्या ४ सय ९६ पुर्‍याएका छन् । उनले क्रिश्चियानो रोनाल्डोको ४ सय ९५ गोलको किर्तीमान तोडेका हुन् ।

शनिबार रातिका खेलहरुपछि फ्रेन्च लिगमा ३७ खेलबाट पिएसजीको ८५ अंक भएको छ । सिजनमा एक खेल मात्रै बाँकी छँदा दोस्रो स्थानको लेन्सको ८१ अंक छ ।