Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


५ सय रुपैयाँले घट्यो आज सुनको मूल्य


702
Shares

Gold price hike nepal

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।