१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024


काभा महिला भलिबलमा सेमिफाइनलका खेलहरु आजदेखि सुरु हुँदै


195
Shares

काठमाडौं । काठमाडौंमा जारी काभा अन्तराष्ट्रिय महिला भलिबलको सेमिफाइनल खेलहरु शुक्रबारदेखि सुरू हुँदैछन् ।

सेमिफाइनलमा नेपालले काजखस्तानको सामना गर्दा भारत र उज्वेकिस्तान भिड्नेछन् । समुह ‘ए’ को उपविजेता नेपालले समुह ‘बि’ को विजेता काजखस्तानसँग खेल्न लागेको हो ।

समुहको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा हारेपछि नेपाल समुह उपविजेतामै सिमित भएको हो । प्रभावशाली खेलाडी प्रतिभा मालीको अनुपस्थिती तथा सरस्वती चौधरी समेत पूर्णरुपले फिट नभएको अवस्थामा पनि नेपाली महिला टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

शुक्रबारको खेल जित्दै फाइनलमा पुग्ने नेपालको योजना छ । यसअघि लगातार दुई पटक उपाधि जितेको नेपाल काभा महिला भलिबलको उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा छ ।

तर, अघिल्ला संस्करणहरुमा सहभागि नभएका भारत र काजखस्तान जस्ता बलिया टोलीहरु यसपटक सहभागि भएकोले नेपालको उपाधि यात्रा थप चुनौतीपूर्ण हुने देखिन्छ ।