२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


बजेट सूचना प्रणाली जेठ १६ गतेसम्मका लागि बन्द


1.755k
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट बिहीबारदेखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो ।

सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्ने छ ।

वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो ।

नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।