६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं, असार ४ । सरकारले अनिवार्य शिक्षा तथा निःशुल्क शिक्षासम्बन्धी विधयेक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो सम्बन्धमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

बैठकले शिक्षामन्त्रीको संयोजकत्वमा २१ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने निर्णयसमेत गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै, बैठकले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव, राष्ट्रियसभाका सचिवको सेवा, शर्त तथा पारिश्रमिक विधयेक संघीय संसदमा पेस गर्नेलगायतका निर्णयहरु गरेको छ ।