Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस्: मेयर बालेन


3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाउनु भएकाे छ ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे असन्तुष्टि जनाउनुभएकाे भएकाे हाे । भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन तिर लाग्नुपर्ने उहाँकाे तर्क छ ।

भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको बताउदै उहाँले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न समेत आह्वान गर्नुभएकाे छ। जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उहाँले बताउनुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ:

Skip This