Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रायमाझीलाई तत्काल कारबाही नहुने


65.6k
Shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ । पार्टीद्वारा हुने आन्तरिक कारबाहीको विषयमा पार्टी मौन रहेको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी अहिले फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले अनुसन्धानमा सघाउने निर्णय गर्दै तत्कालका लागि ‘पर्ख र हेर’को रणनीतिअनुसार पार्टीबाट हुने आन्तरिक कारबाही नगरेको हो ।

भोलि २८ वैशाखदेखि काठमाडौंमा सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल गर्न मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिक कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिई उनले कानुनी प्रक्रियामा सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।