३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मालपोत, यातायात, अध्यागमन, भन्सारमा नयाँ कर्मचारी राख्ने तयारी : मन्त्री पण्डित


0
Shares

काठमाडौं, भदौ १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा मन्त्री पण्डितले हाललाई स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिनसक्ने अवस्था नरहेको स्पस्ट पारे ।

संघीय निजामती ऐन प्रक्रिया अगाडि बढाइएको भन्दै मन्त्री पण्डितले कर्मचारी समायोजनको काम पुस मसान्तसम्म सक्ने दाबी गरे ।

उनले प्रदेश लोकसेवा आयोग नबनेसम्म सम्बन्धित मन्त्रालयको आवश्यकताअनुसार केन्द्रले नै विज्ञापन गरी कर्मचारी पठाउने बताए ।

अहिले नायब सुब्बा र खरिदार तहका कर्मचारी बढी आवश्यक रहेको र लोकसेवा आयोगले सोही तहका दुई हजारको अन्तर्वार्ता लिइरहेकाले तत्काल समस्या समाधान हुने दाबी पनि उनले गरे ।

अहिले काठमाडौंमा बढी भएकालाई बाहिर पठाउने काम भइरहेको भन्दै उनले कर्मचारीमा प्रदेश र स्थानीय तहमा जान नखोज्ने प्रवृत्ति रहेको दुःखेसो गरे ।

मन्त्री पण्डितले मालपोत, यातायात, अध्यागमन, वैदेशिक रोजगारी, भन्सारलगायतका कार्यालयमा नयाँ कर्मचारी राख्ने तयारी भइरहेको जानकारी पनि दिए ।