
काठमाडौं । साताभर निरन्तर गिरावट भएको सेयर बजार बिहीबार दोहोरो अकंले बढ्यो ।
नेप्से परिसूचक १२.७३ अकंले बढ्दै १९६९.७३ बिन्दुमा पुगेको छ । बिहीबार बजार बढे पनि अझै केही समय बजार माथि जाने अवस्था नरहेको लगानीकर्ताहरुको बुझाइ छ ।
बजार माथि जानका लागि उनीहरुले नीतिगत परिर्वतनको प्रतिक्षा गरिरहेको देखिन्छ । कोरोना महामारीको समयमा उल्लेख्य बढेको सेयर बजार पछिल्ला दुई वर्षयता निरन्तर घट्दो क्रममा छ ।
केही दिन राम्रैसँग कारोबार बढे पनि सो वृद्धि केही समयमै पुन: ओरालो लाग्दै १८ सयसम्म झरेको छ । केही वर्षअघि सेयर बजार पुँजीकरण २७ खर्ब २४ अर्ब हाराहारीमा सीमित भएको छ । यसरी हेर्दा लगानीकर्ताको सेयर मूल्य यसबीचमा करिब १७ खर्बभन्दा बढी कम भइसकेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्