Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


कांग्रेस २० वर्षसम्म चुनाव हार्न तयार छ ?


598
Shares

काठमाडौं । ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौं ।’ नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो यो ।

अब आफ्नो दलका मतदातालाई अन्य पार्टीको चिन्हमा भोट हाल्न नलगाउने पनि उनले बताए ।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कांग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् ।

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ । यसले कांग्रेसभित्रको असन्तुष्टि थप बढ्ने देखिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।