Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


कर्मचारीहरू त्रासमा- सुरक्षा माग गर्दै सामान्यद्वारा गृहमा पत्राचार


11k
Shares

काठमाडौं । राष्ट्रसेवक कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला हुन थालेपछि निजामती कर्मचारीहरू त्रसित बन्न पुगेका छन् ।

जनप्रतिनिधि तथा अमूक व्यक्तिहरूले विभिन्न वहानामा कर्मचारीहरू माथि आक्रमण गर्ने क्रम बढेको छ ।जसमा देशभरमा सबैभन्दा बढी असुरक्षित विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू बन्न थालेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला तथा कुटपिटको क्रम बढेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनै तहका कर्मचारीलाई सुरक्षा प्रत्याभूति गराउँदै शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ भने देशभरमा स्थानीय तहमा सतर्कता अपनाउन प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीलाई आन्तरिक सर्कुलर समेत गरेको छ ।

विशेष गरी स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुने गरेका घटना पछिल्लो समय बढ्दै गएको भन्दै त्यस्ता घट्ना रोक्न माग गर्दै सामान्य प्रशासन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।