२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कलाकारलाई आफ्नो क्षेत्रमा जिउनसक्ने वातावरण सरकारले सिर्जन गर्छ : गृहमन्त्री श्रेष्ठ


78
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरुलाई कलाकारिताको क्षेत्रमै रहेर जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग भएको पनि बताउनुभयो । उहाँले समाजको विकास र सभ्यता कहाँ पुगेको छ, भन्नेकुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्नसकिने बताउनुभयो ।

उहाँले कला, संगीतले समाजको यर्थाथहरुलाई, सकारात्मक सुन्दरताहरुलाई अभिव्यक्त गर्ने राम्रो माध्यमको काम गर्ने उल्लेख गर्नुभयो । उहाँले संगीत सबै कोणबाट मानविय जीवन र मानव समाजको लागि अत्यन्तै महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारले कलाकारिताको क्षेत्रलाई प्रोत्साहीत गर्नेगरी अघि बढ्ने बताउनुभयो ।