
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो ।
कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ ।
कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने कामपाले आफैं हटाउने बताउनुभयो ।
हाल उपत्यकाभित्र १ सय २३ पेट्रोल पम्प छन् भने काठमाडौं महानगरभित्र मात्रै ६६ वटा रहेका छन् । तीमध्ये ५१ वटाले मात्र मापदण्ड पूरा गरेको कामपाको भनाइ छ । कामपाले हिजो बिहीबार बालाजु पुलसँगै मापदण्डविपरीत घरको सटरबाट सञ्चालन भइरहेको कोतः धुकु आयल स्टोरमा सिलबन्दी गरेको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्