
काठमाडौं । संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर कोसी प्रदेशबाहेक ६ वटा प्रदेशमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गत पुस १० गते बनेको केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोसीबाहेक ६ वटा प्रदेशमा सरकार परिवर्तन भएको हो ।
एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनसँगै नेपाली कांग्रेस नेतृत्वको चुनावअघिको गठबन्धन ब्युँताउन तयार भए । त्यसको असर संघीय सरकार र प्रदेश सरकार दुवैमा परेको हो ।
बिहीबार गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तन भएसँगै निर्वाचनलगतै चार प्रदेश सरकारको नेतृत्व गरेको एमाले अब एक प्रदेशमा सीमित बन्न पुगेको छ ।
कर्णाली, बागमती र मधेस प्रदेशबाहेक अन्यमा एमाले नेतृत्वमा सरकार बनेको थियो । तर बदलिएको गठबन्धनसँगै एमालेले यसअघि नेतृत्व गरेका तीनवटा प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्