Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


लुम्बिनीमा कांग्रेस नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले दावी पेश गर्ने


169
Shares

काठमाडाैं । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि बिहीबार नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले भएकाे छ ।

गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको हाे। गत पुस २७ गते संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले यहि वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण नेकपा माओवादी केन्द्रसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनुभएकाे थियाे । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दावी पेश गर्न समय सीमा दिनुभएकाे छ ।