७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


चितवनमा स्कुल बसबाट उछिट्टिएर बालिकाको ज्यान गयो


0
Shares

चितवन, भदौ १८ । चितवनमा स्कुल बसबाट उछिट्टिएर सोमबार एक बालिकाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१४ स्थित भावनाचोकमा सनलाइट इंग्लिस स्कुलको बसबाट उछिट्टिएर भरतपुर–२१, पार्वतीपुर निवासी अन्दाजी पाँच वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

स्कुलबाट विद्यार्थीहरुलाई घर छाड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो ।

स्कुल बसबाट उछिट्टिएर गम्भीर घाइते भएकी बालिकालाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।