Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय


7k
Shares

काठमाडौं । सरकारले अर्थतन्त्र चलायमान बनाउन सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हाे ।

यसअघि भूउपयोग नियमावली ल्याएर वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो।

सोसँगै अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा वर्गीकरणविनै कित्ताकाट गर्न दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ ।