Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


सेतीमा बिरामीको पेटभित्रै रक्सीको क्वाटर फेला


559
Shares

कैलाली । कैलालीको धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सीसी भेटिएको छ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो।

उनी धनगढीको फुलबारीको ‘एच’ गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने अझै स्पष्ट हुन सकेको छैन।