Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सर्लाहीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ


208
Shares

सर्लाही । शनिबार बिहान सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ मा भारतबाट ल्याउँदै गरेकाे लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।

साइकल चलाउँदै नेपालतर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा बस्ने २० वर्षीय किसन यादवलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट कोडिवेल नाम १०० एमएलको ५० बोत्तल बरामद गरिएकाे छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।