१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


चलचित्र ‘बहाव’को शीर्ष गीत सार्वजनिक


403
Shares

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित चलचित्र ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक भएको छ ।

आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्रकाे उक्त गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज रहेको छ ।

सार्वजनिक उक्त गीतमा अभिनेत्री सुरक्षा चित्रित छिन् । गीतमा चलचित्रका प्रमुख पात्रहरूको भावनालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

चलचित्रमा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय रहेको छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यस चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।