Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्ति


234
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्ति गरेकाे आराेपमा तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित तीन जनाविरूद्ध अख्तियारले विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियले लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरुले नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षकमा नियुक्त गरेको अख्तियारले जनाएको छ । उपसचिव तिमिल्सिना र डिम माविका तत्कालीन प्रअ बरालको मिलेमतोमा उच्चमावि अध्यापनका लागि शिक्षक रायको नक्कली कागजात बनाएर नियुक्त गरिएको अख्तियारले जनाएको छ ।