Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन कार्यान्वयन गर्न माग


130
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गर्दै नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरिएको छ ।

‘कुनै पनि व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउँदा मानवअधिकारमैत्री विधि र व्यवहार गर्न कोसी प्रदेशमा ज्यान गुमाएका पदम लिम्बुका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन, ‘मिटरब्याज’ पीडित भनिएका सम्बन्धमा आवश्यक कानुन निर्माण गर्नू ।’

साथै, आयोगले आफ्ना माग राख्दा विधिसम्मत, शान्तिपूर्ण, मर्यादित ढंगले राख्न र आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमा आँच आउन सक्नेतर्फ ध्यान पुर्‍याउन आयोग प्रदर्शनकारीलाई अनुरोध गरेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।