Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा क्यामरुन विजयी


65
Shares

गोकुल भुजेल
भाेजपुर । एभिनर क्यामरुनले भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि जितेकाे छ ।

बिहीबार भएको फाइनल खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई २–० गोल अन्तरले पछिपार्दै क्यामरुन विजयी भएको हो ।

क्यामरुनका जर्सी नं १६ का नगुइनी ले ४२ मिनेट मा गोल गरेका थिए पुनं क्याम्रुनका जर्सी नं १० का टिम्बा टिम्बाले इन्जुरी टाइममा गोल गरेर क्यामरुनलाई विजयी गरेका थिए ।

विजयी क्यामरुनले नगद ५ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितिय हुने आयोजक भोजपुर जिल्ला फुटबल संघ भोजपुरले नगद ३ लाख, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा बेल्ट गोल किपर एभिनर क्यामरुनका अलेन, म्यान अफ द म्याच आयोजक टिमका धिरज मगर, बेस्ट मिड फिल्डर क्यामरुनका एनगीनी, बेस्ट डिफेन्स क्यामरुनका एन साड्रगाउ, राइजिङ प्लेअर आयोजकका विनुप राई, बेस्ट कोच क्यामरुनका सागर लामा, सर्वश्रेष्ठ खेलाडि आयोजकका विजय भुजेल, हाइ स्कोरर आयोजकका सन्तोष तामाङ र क्यामरुनका टिम्बा टिम्बा हुनु भएको छ ।

उनीहरु सबैलाई नगद, प्रमाण पत्रसहित सम्मान गरेको थियो । प्रतियोगीतामा विदेशी २ टिम सहित ८ टिमको सहभागिता रहेको थियो ।