Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चिनियाँ प्रधानमन्त्री लीकाे चेतावनी


65
Shares

एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली छियाङले द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चेतावनी दिनुभएको छ ।

चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम अन्तर्गन अन्तर्राष्ट्रिय राजनीतिक तथा ब्यापारिक नेतृत्वकर्ताहरुको सम्मेलनलाई सम्बोधन गर्दै लीले यस्ताे बताउनुभएकाे हाे । एशिया अनावश्यक द्वन्द्वबाट परै बस्नु पर्ने उहाँकाे भनाइ थियाे ।

विश्व शान्ति र स्थिरताका लागि चीनले आफ्नो प्रयास जारी राख्ने समेत उहाँले बताउनुभयाे । उहाँले चीनमा पुनर्संरचना र खुलापनलाई जारी राखिने पनि बताउनुभयो ।

अमेरिकी कम्पनी एप्पलका सीईओ टिम कुक, एचएसबीसीका नोएल छिन र ब्ल्याक स्टोनका संस्थापक स्टेफेन स्वार्जम्यानसहित ७० जना बढी उच्च ब्यापारिक प्रतिष्ठानका प्रतिनिधिहरु सहभागी भएकाे बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री लीले तीब्र प्रतिष्पर्धाका वावजुद चीनले आफ्नो आर्थिक वृद्धिदरलाई कामय राख्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

ब्यापारमा संरक्षणवादको विरोध गर्ने प्रधानमन्त्री ली भनाइ थियाे ।