Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


भारतबाट आयात हुँदा नेपाली मह विस्थापित


195
Shares

काठमाडौं । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन् ।

देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन । ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भने, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन ।’

२५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहेका छन् । ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं ।’ देवकोटाले २८० घार मौरी पालिरहेका छन् ।

मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान होइनन् । मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन् । भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको किसानको गुनासो छ । भारतबाट वैधानिक ‘च्यानल’बाट मात्र नभएर अवैध बाटोबाट पनि मह आयात भइरहेको मौरीपालक महासंघले जनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।