Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिँदै


0
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएकाे छ ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन: चैत १७ गते विश्वासको मत लिन लाग्नु भएकाे हाे ।

उहाँले चैत १७ गते शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मतको प्रबन्धन मिलाइदिन भन्दै निवेदन पेश गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएकाले चैत १७ गते विश्वासको मत लिने तयारी छ।