
फाइल तस्बिर
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय भागबन्डामा जुटेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले अलग भएको एक महिनापछि सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रालय भागबन्डामा जुटेका हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाको विषयले प्रवेश पाएको छ । प्रधानमन्त्री दाहालले अघिल्लो साता नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए ।
तर सत्ता गठबन्धनका दलहरू न्यूनतम साझा कार्यक्रमसहित सरकारलाई पूर्णता दिने पक्षमा उभिएकाले प्रधानमन्त्री दाहालले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पनि पेस गरेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्