Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी


819
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ ।

केन्द्रीय बैंकले १ लाखसम्म कारोबार गर्ने व्यवसाय तथा मर्चेन्ट आवद्ध गर्दा अन्य व्यवसायभन्दा फरक रुपमा मूल्यांकन गर्न बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवाद कार्यमा वित्तीय लगानी विषयअनुसार यो निर्देशन जारी गरेको र त्यस्ता व्यवसायलाई छुट्टै सूचीकृत गर्न जारी सर्कुलरमा उल्लेख छ । सूचीलाई अद्यावधिक गरिराख्नुपर्ने छ ।

ग्राहक पहिचान विवरणअनुरुप कारोबार मेल नखाएको अवस्थामा, ग्राहक पहिचान विवरणमा उल्लखित सूचना जानकारी तथा तथ्यांक सत्यता वा पर्याप्तताको बारेमा संस्थालाई शंका लागेको अवस्थामा, जोखिम मूल्यांकन गर्दा उच्च जोखिम देखिएमा, संस्थाले औपचारिक वा अनौपचारिक रुपमा प्राप्त गरेको सूचनाको आधारमा अद्यावधिक गर्नुपर्ने देखिएमा पछिल्लो सर्कुलरलाई आधार मानेर अद्यावधिक गर्न निर्देशन दिएको छ ।