२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023


यू–१७ महिला साफमा आज नेपाल र बंगलादेश भिड्दै


416
Shares

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार नेपाल र आयोजक बंगलादेशबीच खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो ३ बजे हुनेछ ।

नेपाल बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । बंगलादेश भने तेस्रो जितको खोजीमा हुनेछ ।

नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

यता, बंगलादेशले भुटान र भारतलाई हराएको थियो भने रसियासँग हार व्यहोरेको थियो ।

रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंक विहीन भुटान पुछारमा रहेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ ।