१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


क्षतिपूर्ति दिनुपर्नेमा उल्टै निर्दोष २२ जनामाथि मुद्दा


741
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधिन जलविद्युत् आयोजनाको दादागिरीपूर्ण व्यवहारका कारण स्थानीयबासी आतंकित छन् ।

जलविद्युत् आयोजनाको लापरबाहीले करेन्ट लागेर दुई जनाको मृत्यु भएपछि स्थानीयले आयोजनासमक्ष क्षतिपूर्ति माग गरेका थिए । तर, आयोजनले क्षतिपूर्ति दिनुको सट्टा सत्ताको आडमा उल्टै जनप्रतिनिधिसहित २२ जनाविरूद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेपछि जुगल–३ गुम्बा आसपासका स्थानीय आतंकित भएका हुन् ।

जुगल गाउँपालिका–३ गुम्बा निवासी १४ वर्षीया नोर्जी वाङमु लामाको आफ्नै बारीमा आलु रोप्न लागिरहेको बेला विद्युत्को पोलबाट करेन्ट सर्ट हुँदा १५ फागुनमा घटनास्थलमा नै मृत्यु भएको थियो । विद्युत् सर्ट हुँदा स्थानीय राजमान लामा र सोमरानी तामाङ गम्भीर घाइते भएका थिए ।

जुगल गाउँपालिकाको नेसम खोलामा निर्माणाधीन नेसम खोला जलविद्युत् आयोजना र सो जलविद्युत् आयोजना र सो जलविद्युत् आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरले जलविद्युत् निर्माणका लागि लापरबाही पूर्णरूपमा लगेको विद्युत्को तारका कारण सो घटना भएको जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मण लामाले जानकाररी दिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।