
एजेन्सी । नेदरल्यान्ड्सविरुद्ध फ्रान्सले युरोकप छनोटमा सानदार जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा उपामेकानोले गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाए ।
२१ औं मिनेटमा कप्तान केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई तेब्बर अग्रता दिलाए । त्यसपछि ८८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४–० को जित दिलाए ।
यहि समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्